दिपेन्द्र श्रेष्ठ

सौराहा । लकडाउनको समयमा चोरी सिकारी वढ्ने सम्भावनालाई मध्यनजर गरि  चितवन राष्ट्रिय निकुञ्जले गस्ती वढाएको छ । सौराहा सेक्टरले आज आफ्नो क्षेत्रमा पर्ने राप्ति खोलामा ढुङ्गावाट गस्ती गरेको थियो ।

गस्तीमा विभिन्न संघसंस्थाको प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो । सो कार्यक्रममा सेक्टर प्रमुख गोपाल बहादुर घिमिरेको नेतृत्वमा राष्ट्रिय प्रकृति संरक्षण कोष,वटुक दल गढ सौराहा प्रमुख, जीप सफारी प्रतिनिधि , बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष, नेपाल रेडक्रस उपशाखा बछौलीका प्रतिनिधिहरुको सहभगिता रहेको थियो ।

Facebook Comments Box