काठमाडौं : सांसद अपहरण गर्नेविरुद्ध कारबाहीको माग गर्दै जाहेरी दिन पुगेका जनता समाजवादी पार्टीका नेताहरुको जाहेरी दर्ता गर्न प्रहरीले अस्वीकार गरेको छ ।

सांसद सुरेन्द्र यादवलाई अपहरण गरेको आरोपमा नेकपा सांसद महेश बस्नेत, सांसद किसान श्रेष्ठ र पूर्वआईजी सर्वेन्द्र खनालविरुद्ध जाहेरी दिन डा। बाबुराम भट्टराई, राजेन्द्र महतो, उपेन्द्र यादव लगायतका नेता महानगरीय प्रहरी परिसर टेकु पुगेका छन् ।

एसपी र डिएसपीले महोत्तरी जान आग्रह गरेको विश्वदिप पाण्डेले जानकारी दिएका छन् ।

Facebook Comments Box