मोहना माविको परिक्षाफल प्रकाशित सम्बन्धि सुचनामा थुप्रै त्रुटी

रत्ननगर । चितवनको रत्ननगर ९ मोहनामा रहेको मोहना मा वि कुनै न कुनै कारणबाट चर्चामा आउने गरेको छ । पछिल्लो समय राम्रो भन्दा पनि गल्तीका कारण विधालयको चर्चा भएको छ ।

वि सं २०७६ सालको बार्षिक परिक्षाको परिक्षाफल प्रकाशित गर्न गरेको सुचना नै अहिले विवादित बनेको छ ।
विधालयले जारी गरेको सुचनाको लेटरहेडमा विधालयको ठेगाना रत्ननगर ६ लेखिएको । विधालय भने रत्ननगर ९ मोहनामा रहेको छ । सुचना २०७७ वैशाख १३ गते प्रकाशित छ भने विधालयका प्रधानाध्यापकले हस्ताक्षर गरेका मितिमा २०७६/१/१३ लेखिएको छ । सुचनामा भने २०७७ वैशाख १६ गते परिक्षाफल सार्वजनिक गर्ने उल्लेख गरिएको छ ।

स्थानिय तहको निर्वाचन पछि साविक रत्ननगर ६ हाल रत्ननगर ९ भएको हो । निर्वाचन भएको यतिका लामो समयसम्म पनि विधालयले आफ्नो ठेगाना परिवर्तन नगर्नु कसको कमजोरी हो त्यो भने विधालय प्रशासनलाई नै जानकारी होला ।

यता रत्ननगर क्षेत्रमा विधालयको व्यवस्थापन समितिको अध्यक्ष सम्बन्धित वडाका वडा अध्यक्ष रहने व्यवस्था गरेको छ । त्यसैले अध्यक्षले कस्तो कार्वाही गर्लान त्यो भने समयले देखाउला । यो त पछिल्लो एउटा उदाहरण मात्रै हो विधालयले वेलावखतमा यस्ता गल्ती निरन्तर गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस

About chitwan online khabar

View all posts by chitwan online khabar →