काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख विपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच आज बालुवाटारमा भेटघाट भएको छ ।

भेटमा सभापति देउवाले सरकारले दुवै अध्यादेश फिर्ता लिएकामा प्रधानमन्त्रीलाई धन्यवाद दिँदै एक सांसदलाई अपहरण शैलीमा काठमाडौँ ल्याउने घटनामा संलग्नलाई कारवाहीको माग गर्नुभएको काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभएको छ । उक्त घटनाका दोषीलाई कारवाही गर्नुपर्ने माग देशभरी उठेको र आफ्नो माग पनि यही रहेको उल्लेख गर्दै सभापति देउवाले देशमा कानूनी राज्य छ भने निष्पक्ष अनुसन्धान र कारवाही हुनुपर्छ वताउनु भएको स्रोतले वताएको छ ।

सरकारले यही वैशाख ८ गते जारी गरेका संवैधानिक परिषद् र राजनीतिक दलसम्बन्धी दुई अध्यादेशको सर्वत्र विरोध भएपछि आज खारेज गरेको छ । कोरोना भाइरसको सङ्क्रमण रोक्न व्यापक परीक्षण अहिलेको आवश्यकता भएको र समुदायस्तरमा व्यापक परीक्षण गर्न ढिलो नगरौँ भनेर प्रधानमन्त्रीसमक्ष आग्रह गर्दै सभापति देउवाले स्वास्थकर्मीलाई पिपिईलगायतका आवश्यक सामग्री यथाशिघ्र पु¥याउन सुझाव दिनुभएको थियो । साथै उहाँले स्वास्थकर्मीलाई हतोत्साहित गर्न खोज्ने कुनै पनि कार्य तुरुन्तै रोक्नुपर्ने बताउनुभएको थियो ।

Facebook Comments Box