वैशाख कृष्ण औँसीका दिन मनाइने आमाको मुख हेर्ने पर्व अाज जन्म दिने आमालाई मीठा मीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिएर खुशी पारी मनाइँदैछ । शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा अाजको दिनलाई लिइन्छ । वैशाखकृष्णपक्ष औँसीको दिनलाई नेपालीले मातातीर्थ औँसी अर्थात् मातृऔँसीका रुपमा समेत मनाउँछन् ।छोराछोरीले अाज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा लगाइदिने र मीठामीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ । यसो गरेमा मातृ ऋणबाट मुक्त भइने जनविश्वास छ ।

आमा नभएकाहरु भने आमालाई तर्पण र पिण्डसहित श्राद्ध तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवङ्गत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताउनुभयो । शास्त्रमा प्रत्येक नरनारीले जीवनमा देवऋण, मनुष्यऋण र पितृऋण तिर्नैपर्छ भनिएको छ । उहाँका अनुसार पितृऋण तिर्न माता, पितालाई जीवित हुँदा सम्मानपूर्वक खुशी राख्ने तथा मृत्युपछि श्रद्धापूर्वक श्राद्ध गर्नुपर्ने शास्त्रीय विधान रहेको छ ।

दिवङ्गत आमाको सम्झनामा चन्द्रागिरि नगरपालिकामा रहेको थानकोट नजीकैको मातातीर्थमा मेला लाग्छ । आमा नहुने नरनारी भोलि बिहानै उक्त तीर्थमा गई स्नान तथा हरिहर (विष्णु र शिव)को दर्शन र पूजा गर्छन् । आमा बित्नेले सके प्रत्येक वर्ष नसके एक पटक मातातीर्थमा श्राद्ध गर्नुपर्ने मान्यतासमेत छ ।सो तीर्थको परिसरमा मूर्तिकार रामकृष्ण भण्डारीद्वारा निर्मित सबैकी आमाको प्रतीक ‘साझा आमा’को मूर्ति पनि स्थापना गरिएको छ । यसले गर्दा मातातीर्थको आकर्षण बढाएको छ ।

मातातीर्थको उत्पत्तिका सम्बन्धमा विभिन्न कथा प्रचलित छन् । त्यसमध्येको एउटा किंवदन्ती यस्तो छ ः धेरै वर्ष पहिले त्यस ठाउँमा गाईवस्तु चराउने चौर थियो । एक दिन एउटा गोठालाले सो चौरमा फ्याँकेको रोटीको टुक्रा हरायो । उसले अचम्म मानी रोटीको अर्को टुक्रा पनि फ्याँक्यो, त्यो पनि हरायो । अरू गोठालाले पनि रोटीका टुक्रा फ्याँके, तीनमध्ये आमा जीवित हुनेले फ्याँकेका रोटी त्यहीँ रही आमा नहुनेले फ्याँकेका रोटी मात्र अलप भए ।

कथाअनुसार पहिलो चोटि रोटी फ्याँक्नेकी आमा पनि थिइनन् । त्यो दिन वैशाख कृष्णपक्षको औँसी थियो । दोस्रो दिन भने अघिल्लो दिनको जस्तो रोटी हराएन । सो कुरा चाल पाई गाउँलेले औँसीको दिन मृत आमा त्यस ठाउँमा आई आफ्ना छोराछोरीले श्रद्धापूर्वक दिएको चिज खाँदा रहेछन् भन्ने विश्वास गरेर त्यस ठाउँमा कुण्ड बनाई मातातीर्थ नामकरण गरियो ।

यसरी हरेक वर्ष आजकै दिन आमा नहुनेले त्यहाँ गई कुण्डमा नुहाएर मीठामीठा खाद्यपदार्थ चढाई मातृ दिवस मनाउन थाले र मातातीर्थ मेला लाग्न थाल्यो । आमाको महत्वलाई संस्कृतका विभिन्न श्लोकमा यसरी वर्णन गरिएको छ, ‘मातृदेवो भव, पितृदेवो भव, आचार्यदेवो भव ।’‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी ।’‘कुपुत्रो जायते क्वचिदपि कुमाता न भवति ।’

औँसीलाई पितृको तिथि मानिन्छ । भदौ कृष्ण औँसीमा बाबुको मुख हेर्ने पर्वका रुपमा मनाइन्छ । यस दिन बाबुलाई मीठा चीजबीज खान र राम्रा कपडा लगाउन दिइन्छ । बाबुको मुख हेर्ने दिन काठमाडौँ उपत्यकाको उत्तर पूर्वी भेगस्थित गोकर्णेश्वरमा दिवङ्गत पितृको सम्झनामा श्राद्ध गरिन्छ । गोकर्णेश्वरलाई पितृतीर्थका रुपमा लिइन्छ । यहाँ श्राद्ध गरेमा घर र मामाघरका समेत सात पुस्ताका पितृले मोक्ष पाउँछन् भन्ने मान्यतासमेत छ ।

किबदन्ती अनुसार एक दिन गाई चराउन गएको गोठालोले आफुसित लगेको रोटी जब पोखरिको किनारमा बसी खान खोज्दा जती पल्ट रोटी निकालेर खान खोज्यो उति पल्ट उस्का सबै रोटी तलाउमा झरे, अनि उ आफै तलाउमा हामफालेर हेर्छ त उस्की स्वर्गबसी आमा पो उस्का रोटी जती सबै हातमा लिएर बसेको देखेरे गोठालोले कर गर्यो आमालाई आफैसित घर लान । आमा मनिन्न गोठालो ले पनि जिद्दी कस्यो आमालाई घर नलिजान्न भनेर ।

अनि आमाले केहि सिप नलागे पछी प्रतेक बर्ष आजकै दिन आफु यही पोखरीमा आउने र दर्शन दिने बाताए पछी गोठालो घर फर्कियो । अनि गाँउ भरिका मान्छेहरु प्रतेक बर्ष उक्त तलाउमा जादै आफ्नी स्वर्गबासी आमाको दर्शन गर्न थाले र तेही दिनलाई मात तिर्थ औशी को रुपमा मनाउन थाले । कालन्तरमा एक बर्ष एउटी नारी धेरै समय सम्म प-खदा पनि आमाले दर्शन नदिएर उक्त तलाउमै हाम फालेर मरिन तेस बर्षबाट आमाको तस्बिर तलाउमा देखिन छाडेको किबदन्ती छ भनिन्छ.आज पनि आमा नभएका हरु उक्त तलाउमा माता तिर्थ औशी को दिन नुहाउछन जस्लाई माता तिर्थ कुन्ड भनिन्छ ।

के हो आमा भनेको ?

नेपाली शब्दकोश को परिभषा अनुसार “स्वास्नी मान्छे जो आफ्नो गर्भाशयबाट गर्भ धारण गरी बच्चा जन्माउछें ।”, बच्चा जन्माएकी स्त्री, आफूलाई जन्म दिने महिला (English ma) A woman in relation to a child or children to whom she has given birth. , A female person who is pregnant with or gives birth to a child. b. A female person whose egg unites with a sperm, resulting in the conception of a child. भनेर परिभाषित गरेको पाइन्छ । तर आमा शब्दनै काफी छ । पुण छ । कुनै परिभाषाको खाँचो छैन। मातालाई पूर्बीय मात्र होइन पश्चिमी संस्कृतिमा मा पनि उत्तिकै महत्व दिन्छन | नेपालमा दशैँ तिहारलाइ नै विस्थापन गर्ने हिसाबले क्रिसमस, न्यु एअर, भ्यालेन्टाइन डे, अप्रिल फुल जस्ता पश्चिमी चाडपर्ब मनाउदै आएका पश्चिमी संस्कृतिमा अलिक बढी नै चासो राख्नेहरुले यो चाड मातातीर्थ औशीलाइ चै नभुल्लन भन्ने आशा गर्न सकिन्छ |

मातातीर्थ औशी भने पनि ‘मदर्स डे’ भने पनि, आमाको मुख हेर्ने दिन भने पनि आखिरमा आफुलाई जन्म दिने आमाको पूजानै गर्ने हुनाले र यी दुइ पुर्बीय र पश्चिमी चाड मनाउने समय पनि नजिक नै पर्ने हुनाले यो नेपाली संस्कृतिको आयु अलिक बढी नै हुन्छ होला, होइन त ? हो आमा हुनलाई गर्भ हुनै पर्छ, आफैले बच्चा जन्माउनु पर्छ । धर्म पुत्रपुत्री पाल्नेहारु पनि आमा हुन उनिहरुको पालन पोषणमा शङ्का होएन तर उनिहरु आमा भाइकन पनि आमा होइन्न । आमा हुनुको पुणता गर्भ धारणमा हुन्छ ।गर्भको बच्चा चल्मलाउन थलेपछाडी त्यो गुद्द्गुदी त्यो काउकुति,त्यो आभाष सबै भन्दा प्रीय र मनोरञ्जक हुन्छ ।अनि बिज्ञहरुका अनुसार प्रसब पिडा सबै भन्दा दुखदायी पिडा हो ।

तर जब आमा ले नवजात शिशुको रोदन सुन्छिन उन्को दु:ख, दर्द कपुर जस्तै फुर्र उड्छ । यो क्रम सगैं श्रीष्टी चल्छ । बैज्ञानिक हरुका अनुसार एक शरिरबाट अर्को शरिर बन्ने प्रकृया अत्यन्त जटिल र नाजुक जैबिक कृया हो । आमा हुनलाई यो चारणबाट पार हुनु पर्छ आमा हुनुको अलौंकिक अनुभव र परम उन्माद पनि यसैमा छ । गितामा उल्लेख छ ” जब कुनै नारी आमा बन्छे अनि मात्र उस्ले पुणता पाँउछे । आमा पुण हो ।श्रेष्ठ हो ।जनानी हो स्वर्ग को तिर्थ हो ।” माता तिर्थ औंशिको दिन मात्र आमा पुज्य होएन आमा समकालीन पुज्य हुन ।

गणेश मान सिंह ले भने जस्तो ‘नेपालिहरु बर्ष भरी साप मार्छन अनि नाग पञ्चमिको दिन साप को पुजा गर्छन ।” तर नेपाली हरु आमालाई बर्ष भरी पुजा गर्छन अनि आजको दिनमा आमाकै नाममा समर्पण गर्छन ।आमा आजको दिनमा मात्र सम्झिने चिज होइन्न आमा बिर्षिएकी कै कहिले थिन र आज सम्झनु ? । आमा रगतको थोपा थोपा मा छिन, बोलिमा छिन,पल पलामा छिन ।आमा ब्यापक छन निरकार छन्,रोम रोममा आमा छ्न ।

तिर्थ जाने चलन आजको होईन । पश्चयात मुलुकले आफुसित धेरै श्रोत र साधन भएपछी तिर्थ जाने चलनलाई अपभ्रष गरेर पिकनिक र पर्यटक बनाएका हुन । हामीले तिनि हरुको पछिलग्गु हुन छैन ।हाम्रा आफ्नै मौलिकता छ्न, उनिहरुको पछी लाग्नु जरुरी छैन ।आमानै सबै भन्दा ठुली तिर्थ हुन्,धाम हुन । पुरण कथामा उल्लेख छ- शिबपार्वती का छोराहरु ,जस्मा कुमार आफ्नो मयुर चडी सुमेरु पर्बत परिक्रमा गर्न जान्छन यता श्री गणेश भने आमाबुवाको पुजा परिक्रमा गरी संसार डुलेको शिद्द गर्छन ।

आज कुसे औसी अर्थात् माता तिर्थ औशी रहेछ | पहिला -पहिला आजको दिनलाई माता तिर्थ औशी भन्दा कुसे औशीको नामले बढी पुकारिन्थियो |किनभने आजको दिन आमाको दर्शन वा मुख हेर्ने भन्दा बढी बाहुनको कुस (एक किसिमको घास ) घरमा राख्ने र बाहुनलाई दान दिने काम बढी हुन्थियो |हुन् पनि आजको दिन बाहुनहरू बिहान पाच बजे राती देखि भ्याई -नभ्याई कुस बोकेर कुदी रहेको देखिन्थियो तर यो फेसबुकको चलन चल्ती बढे पछि बाहुनको कुस घरमा राख्ने र बाहुनलाई दानदिने काम स्वात्तै घटेर गयो | अनि फेसबूकमा आमाको फोटो टास्ने चलनले ब्यापकता पाएको म देख्छु | फेसबूकमा आमाको फोटो टास्ने चलन रामरै हो | तर यतिले मात्र हुदैन कर्तब्य पनि पुरा गर्नु पर्छ है ! माता तिर्थ औशीको यो शुभ अबसरमा सम्पूर्ण असल आमाहरुलाई हार्दिक शुभकामना | HAPPY MOTHER’S DAY !!!

कतिपय पन्डितहरु यस्लाई चाकारीको परकाष्ट भन्छ्न तर यो चाकारी होइन सेवा हो । समर्पण हो । आमाबुवाको सेवामा स्वार्थ हुन्न र जुन कार्यमा स्वार्थ हुन्न तेस्लाई चाकारी भनिन्न । माता तिर्थ औशिको दिन आमाको मुख हेरेर आमालाई यो सुन्दर संसारमा आफुलाई जन्माएकोमा धन्य हुने हो ।आमा सर्बकालीन महान हुन ।सन्तानहरु जती सुकै नालाएक भए पनि आमाको ममता र स्नेह कम हुन्न ।आमा बात्सल्य कि खानी हुन । आमा गित हुन आमा मित हुन ।आमा जननि हुन । तय्यांक शास्त्रीहरुको अनुसार्,आमा को बारेमा संसारमा लेखिएका पुस्तकहरु एउटा मान्छेले सुर्यको आयुभरिमा पढेर सकिन्न । यो सानो लेख आज माता तिर्थ औशिको दिन मेरी लगाएत सम्पुण आमाहरुको चारणमा सानो सम्मान मात्र हो ।

अन्तयमा आजको दिन जप्ने संस्कृतको मन्त्र – ।

१. स्नात्वा करोतिम य्: श्राद्धं माघो: कृष्णकुहौ दिने ।
२. वियोग न भवेन्मातु: वार्धक्येऽपी सुनिश्चितंम ।।
३. तृप्ता भवति तन्माता स्नानमात्रेण चात्र वै ।
४. ऋण: प्रमुच्यते सद्धो मातृगर्भस्थितोभ्दवै

Facebook Comments Box