काठमाडौं ९ वैशाख । उदयपुर जिल्ला सील गर्ने प्रदेश नम्बर १ को सरकारले निर्णय गरेको छ। २४ जना कोरोना संक्रमित भेटिएपछि प्रदेशको आन्तरिक सुरक्षा मन्त्रालयमा आज बसेको बैठकले उदयपुरलाई सील गर्ने निर्णय गरेको हो ।

प्रदेशका सामाजिक विकासमन्त्री जीवन घिमिरेले उदयपुरबाहिरबाट कसैलाई पनि भित्र प्रवेश गर्न नदिने र भित्रबाट कसैलाई बाहिर नस्किन नदिने निर्णय भएको जानकारी जानकारी दिनु भएको छ ।

हालसम्म प्रदेश १ मा पिसिआरबाट ६७८ जनाको र आरडिटीबाट ३०९७ जनाको परीक्षण गरिएको प्रदेश सरकारले जनाएको छ ।

Facebook Comments Box