काठमाडौं ८ वैशाख । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको आकस्मिक बैठक बोलाइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अहिले ५ बजेका लागी बैठक बोलाइएको छ ।मन्त्रिपरिषद् बैठकले राजनीतिक दलसम्बन्धी कानूनमा संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरे लगतै नेकपाभित्र तरंग पैदा भएको छ ।

सचिवालय बैठकको लागी रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा बालुवाटार पुगिसकेका छन् । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले वैठकअघि स्थायि समिति सदस्य वर्षमान पुनसहितका नेताहरुसंग छलफल गरेका छन् । उता वरिष्ठ नेता माधव नेपालले समेत आफु निकटसंग छलफल गरेका छन् ।

 

Facebook Comments Box