काठमाडौ ८ वैशाख । सरकारले १५ वैशाखपछि लकडाउनको स्वरुप परिवर्तन गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको भाइरस (कोभिड-१९) को जोखिमलाई तीन वर्गमा विभाजन गरेर त्यसैअनुसार लकडाउनको स्वरुपमा निर्धारण गर्ने तयारी थालेको हो ।

“यस्तै तरिकाले १५ वैशाखपछि लकडाउन जाँदैन । यसको स्वरुपमा परिवर्तन गर्नेगरी तयारी गरिरहेका छौं । स्वस्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डा। खेम कार्कीले भन्नुभयो, ‘अन्य मन्त्रालयले पनि आआफ्नै तरिकाले तयारी गरिरहेका छन् ।’

सरकारले गत वर्षको ११ चैत्रबाट भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै लकडाउनको घोषणा गरेको थियो ।

Facebook Comments Box