काठमाडौं ६ बैशाख । सरकाले राष्ट्रपति कार्यालयका लागि उपलब्ध गराएको ९ करोड ५० लाख बजेट सरकारलाई फिर्ता गरेको छ ।

राष्ट्रपति कार्यालयका लागि उपलब्ध गराएको बजेटमध्येको ९ करोड ५० लाख रुपैयाँ फिर्ता गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिनु भएको छ ।

कोभिड १९को कारण विशेष परिस्थिति उत्पन्न भएकाले चालू आर्थिक वर्षमा सरकारले विभिन्न शीर्षक अन्तर्गत उपलब्ध गराएको बजेटमध्येबाट सो रकम फिर्ता गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

फिर्ता गरिएको बजेट सरकारको संघीय संचित कोषमा जम्मा हुने व्यवस्था राष्ट्रपति कार्यालयले गरेको छ ।

Facebook Comments Box