काठमाडौँ ५ बैशाख  । नेपालमा आज मात्रै १४ जनामा  कोभिड १९ को सङ्क्रमण देखिएको छ ।

उदयपुरमा १२ जना र चितवनमा दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । उदयपुरमा रहेका १२ जनामध्ये केही भारतीय भएको बुझिएको छ ।

आज थपिएका दुई जना सङ्क्रमित चितवनको राप्ती नगरपालिका ८ का आमा र छोरा भएकाे खुल्न अाएकाे छ  । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ३० पुगेको छ ।

Facebook Comments Box