बुटवल वैशाख ।  कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि गरिएको लकडाउनको पालना नगरी सर्वसाधारण हिँडडुल गर्न थालेपछि भैरहवा क्षेत्रमा आज देखि नेपाली सेनासहितको सुरक्षा जाँच शुरु गरिएको छ ।

जिल्ला सुरक्षा समिमिका संयोजकसमेत रहनुभएका प्रमुख जिल्ला अधिकारी महादेव पन्थका अनुसार जिल्लाको सीमावर्ती क्षेत्रमा नेपाली सेनाको सुरक्षा गस्ती बढाइएको छ। उनले भने ‘सेनाको सुरक्षा गस्ती बढाइएको हो । आवश्यकताअनुसार नेपाल प्रहरीसँंगको समन्वयमा जाँच पनि हुन्छ ।’

सेनाले सरकारले निर्दिष्ट गरेको सवारी साधन दमकल, एम्बुलेन्स तथा सुरक्षा– खाद्यान्न तथा तरकारी– फोहर उठाउने– डेरीका गाडीबाहेक अन्य सवारी साधनलाई कडाइका साथ रोक्न शुरु गरेको छ ।

Facebook Comments Box