काठमाडौं ४ वैशाख । भारतकोे क्वारेन्टाइनमा शैल्यशिखर गाउँपालिका १ जोगउडाका २५ वर्षीय वासुदेव भट्ट आमाको मृत्यु भएर किरिया वसिरहेका छन । उनी नेपाल आउन नपाए पछि दार्चुलापारि भारत सरकारले बनाएको क्वारेन्टाइनमै किरिया बसेका छन ।

गृह मन्त्रालयले भारततर्फको क्वारेन्टाइनमा रहेका भट्टलाई आमाको मृत्युसंस्कारका लागि नेपाल ल्याउने वातावरण मिलाउन जिल्ला प्रशासन कार्यालय दार्चुलालाई निर्देशन दिएको हो ।

गृहको निर्देशनपछि दार्चुला प्रशासनले यसको पहल गरिसकेको बताएको छ ।

Facebook Comments Box