चितवन ३ वैशाख । चितवन जिल्लाको रत्ननगर नगरपालिकाले वजार क्षेत्रमा जम्मा भएको फोहोर संकलन कार्य सुरु गरेको छ ।

विश्वव्यापी महामारीको रुप लिगेको कोभिड १९ रोकथामको लागि नेपाल सरकारले लागु गरेको लकडाउन सुरु भए संगै रत्ननगर नगरपालिकामा वजार क्षेत्रको फोहोर मैला संकलन नहुदा वजार क्षेत्र दुर्गन्धित हुदै गएको थियो ।

रत्ननगरको राजमार्ग छेउछाउमा फोहोरको थुप्रो नै लाग्दा समेत रत्ननगरपालिकाले त्यसतर्फ ध्यान नदिदा अर्को समस्याको रुपमा खडा भएको विषयमा मंगलवार चितवन अनलाईन खवरले समाचार सार्वजनिक गरेको थियो ।

आज बुधवार नगरपालिकाले सडकमा छरिएर रहेका फोहोर मैलालाई संकलन गरेको छ । भने फोहोर फाल्न राखिएको स्थानको भने अझै फोहोर व्यवस्थापन हुन सकेको छैन् ।
अघिल्लो समाचार

फोहोर नउठेपछि दुर्गन्धित बन्दै रत्ननगर

Facebook Comments Box