फोहोर नउठेपछि दुर्गन्धित बन्दै रत्ननगर

रत्ननगर २ वैशाख । चितवन जिल्लाको रत्ननगर नगरपालिमा यतिवेला फोहोरमैलाको उचित व्यवस्थापन नगर्दा रत्ननगर बजार निकै दुर्गन्धित हुन थालेको छ ।

विश्वव्यापी महामारीको रुप लिगेको कोभिड -१९ रोकथामको लागि नेपाल सरकारले लागु गरेको लकडाउन सुरु भए संगै रत्ननगर नगरपालिकामा यतिवेला फोहोर मैला व्यवस्थापन गर्न नसक्दा अर्को चुनौति देखा परेको छ ।


रत्ननगरको राजमार्ग छेउछाउमा फोहोरको थुप्रो नै लाग्दा समेत रत्ननगरपालिकाले यसतर्फ ध्यान नदिदा अर्को समस्याको रुपमा खडा भएको छ ।

रत्ननगर नगरपालिकाले फोहोर व्यवस्थापन गर्दै आएको स्थानका स्थानियले फोहोर संकलन गरेको सवारी साधन सञ्चालन गर्न नदिदा समस्या परेको रत्ननगर नगरपालिकाका मेयर नारायण वन स्वीकार गर्नु भएको छ ।


फोहोर मैलावाट रोग सर्न सक्ने भन्दै ल्याडफिल्ड साईडका स्थानियले रोक लगाएको र यो महामारीको अवस्थामा नगरपालिकाले पनि त्यस्लाई आत्मसाथ गर्दै स्थानियको भवनालाई सम्मान गरेको कारण केहि समयको लागि आआफ्नो घरवाट निस्कने फोहोर मैला आआफ्नो घरमानै व्यवस्थापन गर्न मेयर वनले आग्रह समेत गर्नु भएको छ । यता फोहोर संकलन नहुदा वजार क्षेत्र भने दुर्गन्धित बन्दै गएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस

About chitwan online khabar

View all posts by chitwan online khabar →