काठमाडौं १ वैशाख । काठमाडौंको पेप्सीकोलामा एकै परिवारका तीन जनामा कोरोना परीक्षण पोजेटिभ देखिएको छ । केहि दिन अघि बेलायतबाट फर्किएका उनीहरुमा र्‍यापिड टेष्ट किटबाट गरिएको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ देखिएको छ ।

परीक्षणको रिपोर्ट पोजेटिभ देखिएपछि उनीहरुलाई पाटन अस्पतालको आइसोलेशनमा भर्ना गरिएको अस्पतालका निर्देशक डाक्टर विष्णु शर्माका वताए ।

अस्पतालले थ्रोड स्वाब संकलन गरी पीसीआर विधिबाट पुनः परीक्षण गर्न लागेको अस्पतालका निर्देशक शर्माले जानकारी दिनु भएको छ ।

Facebook Comments Box