विरगंज ३० चैत्र । विरगंजमा तीन जनामा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको छ । संक्रमित तीनै जना भारतिय नागरीक रहेका छन् । संक्रमित तिनै जना नारायणी अंचल अस्पतालको आइसोलेसन वार्डमा उपचाररत छन् । छकपैया यतिनखानामा शरण लिएर बसिरहेका तीनै जनाको सम्र्पकमा रहेकालाई आजै क्वारेन्टाइनमा राखिएको छ ।

हेटौंडा–१० स्थित किटजन्य रोग अनुसन्धान तालिम केन्द्रमा शुक्रबार ३५ जनाको कोरोना परीक्षण गरिएकोमा तीन जनाको नतिजा छुट्याउन नसकेपछि टेकु स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला स्रोतले त्यसको पुष्टि गरेपनि स्वास्थ्य मन्त्रालयले आईतवार आज आधिकारीक जानकारी सार्वजनिक गर्ने तयारी गरेको छ ।

तीनै जना धार्मिक गुरुहरु रहेको र उनिहरु दुई साताअघि मात्र मस्जिदमा आएका थिए। बिहीबार स्क्रीनिङको क्रममा भने उनीहरुले ४ महिना अगाडि भारतबाट नेपाल प्रवेश गरेको बताएका थिए ।

 

Facebook Comments Box