वैशाख र जेठमा हुने भनिएका सवै परीक्षा रद्ध गर्ने त्रिविको निर्णय

काठमाडौं २८ चैत्र । त्रिभुवन विश्वविद्यालयले आउँदो वैशाख र जेठमा गर्ने भनिएका सवै परीक्षा स्थगित गरेको छ । त्रिविले अर्को सूचना नआएसम्मका लागि वैशाख र जेठमा तय भएका सवै परीक्षा स्थगित गरिएको जनाएको छ ।

वैशाख र जेठमा सञ्चालन गर्ने निर्णय भएका विज्ञान तथा प्रविधि अध्ययन संस्थान, व्यवस्थापन सङ्काय र शिक्षा शास्त्र सङ्कायतर्फका चार वर्षे बीएससी, बीबीएस र बीएड चौथो वर्षका नियमित तथा आंशिक परीक्षा स्थगित भएको जनाएको छ ।

साथै पोस्ट ग्रेजुएट डिप्लोमा इन काउन्सिलिङ साइकोलोजी, स्कुल साइकोलोजी र पोस्ट ग्रेजुएट इन वमन स्टडिजका पूरा तथा आंशिक परीक्षा अर्को सूचना नआएसम्मको लागि स्थगित गर्ने निर्णय गरिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस

About chitwan online khabar

View all posts by chitwan online khabar →