काठमाडौँ, २८ चैत । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिका सभापति कल्याणीकुमारी खड्काले रौतहट जिल्ला अस्पतालमा आवश्यक सङ्ख्यामा ‘आइसोलेसन कक्ष’ को व्यवस्था गर्न प्रदेश नं २ सरकारसँग माग गर्नुभएको छ ।

सभापति खड्काले कोरोना भाइरसकोे सम्भावित विरामीको उपचार गर्न सो प्रदेशका सामाजिक विकासमन्त्री नवलकिशोर साहलाई ध्यानाकर्षण गराउनुभएको हो । रौतहटको जिल्ला अस्पतालमा हालसम्म आइसोलेसन वार्डको व्यवस्था नभएकाले जनाउँदै खड्काले अस्पतालमा छिटो सो वार्ड बनाउन आग्रह गर्नुभएको हो । सो अस्पतालको क्षमता ५० श्ययाको छ ।

Facebook Comments Box