२७ चैत्र । विश्व स्वास्थ्य संगठन९डब्लूएचओ० का महानिर्देशक डाक्टर ट्रेडोस एड्हानोम गेहब्रेयससले कोरोना भाइरस(कोभिड–१९) संक्रमणविरुद्ध पूरा विश्व एकताबद्ध भएर लाग्नुपर्ने बताएका छन् ।

 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्लूएचओ र यसको नेतृत्वप्रति आक्रोश पोखिरहेका बेला महानिर्देशक गेहब्रेयससले कोरोना भाइरसमाथिको राजनीति अन्त्य गर्न आग्रह गरेका हुन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले डब्लूएचओ चीनकेन्द्रित भएको र गलत सुझाव दिएकाले अमेरिकामा कोरोना संक्रमण फैलिएको आरोप लगाएका थिए । साथै डब्लूएचओलाई अमेरिकाले दिँदै आएको रकम पनि रोक्ने चेतावनी उनले दिएका थिए । महानिर्देशक गेहब्रेयससले अमेरिकी राष्ट्रपति ट्रम्पको आरोपको खण्डन पनि गरेका छन् । बुधबार डब्लूएचको मुख्यालय जेनेभामा आयोजित नियमित पत्रकार सम्मेलनका क्रममा महानिर्देशक गेहब्रेयससले भने, ‘हामी सबै देशसँग एकदमै नजिक छौं । हामीले कसैलाई पनि भेदभाव गर्दैनौं ।’

Facebook Comments Box