कक्षा ११ र १२ को परीक्षा स्थगित

काठमाडौं २५ चैत्र । कोरोना भाइरसका कारण राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को वार्षिक परीक्षा स्थगित गरेको छ ।

परीक्षा बोर्डले आज सो निर्णय गरेको हो । कक्षा १२ को परीक्षा आगामी वैशाख ८ गतेबाट र कक्षा ११ को परीक्षा वैशाख २१ गतेबाट सञ्चालन गर्नेगरी परीक्षा तालिका गत माघ ७ गते सार्वजनिक गरिएको थियो । यसअघि प्रवेशिका ९एसईई० परीक्षा स्थगित भइसकेको छ ।

बोर्डका अध्यक्ष प्रा।डा। चन्द्रमणि पौडेलले यस्तो स्थितिमा परीक्षा सञ्चालन गर्न सम्भव नभएकाले स्थगित गर्नुपरेको जानकारी दिए । ‘अर्को सूचना सार्वजनिक नहुँदासम्मको लागि परीक्षा स्थगित भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस

About chitwan online khabar

View all posts by chitwan online khabar →