काठमाडौं २४ चैत्र । सरकारले लकडाउनको समय थप्ने तयारी गरेको छ । चैत ११ गतेदेखि सुरु भएको लकडाउनको समय एक हप्ता थप्ने सरकारको तयारी गरेको छ ।

कैलालीमा एकैपटक तीन जनामा कोरोनाको संक्रमण देखिएपछि सरकारले थप कडाई गर्ने भएको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने मन्त्रिपरिषद् बैठकले लकडाउनको समय बढाउने निर्णय गर्ने छ ।

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो २ बजेको लागि बोलाइएको छ ।

Facebook Comments Box