धनगढी २३ र्चैत्र । सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रीलोचन भट्टले आज जनता लाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । आज दिउँसो ३:३० बजे मुख्यमन्त्री भट्टले जनताको नाममा सम्बोधन गर्ने तय भएको छ ।

बिश्वव्यापी महामारीको रुपमा रहेको कोरोना भाईरस नियन्त्रण तथा रोकथामका लागि प्रदेश सरकारको धारणा नआएको भन्दै जनस्तरबाट गुनासो व्यापक रुपमा आए पछि आज मुख्यमन्त्री भट्टको सम्बोधन गर्ने तयारी भएको छ ।

सम्बोधन नेपाल टेलिभिजन, रेडियो नेपाल तथा फेसबुक मार्फत हेर्न र सुन्न सकिने मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिब शिव ओलिले जानकारी दिए ।

Facebook Comments Box