चितवन , २२ चैत्र । चितवनको कालिका नगरपालिका वडा नम्बर ६ बाट प्रहरीले अबैध काठ बरामद गरेको छ । अबैध रुपमा सालको काठ रहेको भन्ने सुचनाको आधारमा कालिका ६ पाख्रीन टोलबाट आज दिउँसो प्रहरीले काठ ६७ दशमलब १५ क्यूफिट सालको काठ बरामद गर्न सफल भएको छ ।

इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख प्रहरी नायव उपरिक्षक रविन कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले पाख्रीन टोल निवासी सन्तविर पाख्रीनको घरपछाडीको गोठबाट अवैध सालको चिरान तथा गोलिया काठ बरामद गरेको प्रहरीले जनाएको छ ।

Facebook Comments Box