चितवन २० चैत्र । कोरोना रोगे पत्ता लगाउने ल्याब राख्नको लागि स्वास्थ्य मन्त्रालयको टोली चितवन आईपुगेको छ ।
मेडिकल सिटिको रुपमा बिकसित भएको चितवनमा कोभिड १९ पत्ता लगाउने ल्याब स्थापना गर्नु पर्ने आवाज उठेको थियो ।

आज मन्त्रालयबाट प्राबिधिकको टोलीले प्रतिनिधि सभा सदस्य कृष्णभक्त पोखरेल, भरतपुर महानगर प्रमुख रेनु दाहाल र सरोकारवाल सँग छलफल गरेको छ ।
टोलीले ल्याबको लागि रामपुरमा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयको ल्याबमा राख्न हुने नहुने विषयमा अध्ययन गर्ने जनाएको छ ।
मन्त्रालयको टोलीमा प्रा.डा.गिरिराज त्रिपठी , विमलेश झा, सुलभ आचार्य, पुष्पराज खनाल रहनु भएको छ ।

Facebook Comments Box