चितवन २० चैत्र । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड–१९० को रोकथामका लागि नेपाल सरकारले लागू गरेको लकडाउन उल्लङ्घन गर्ने सवारी साधन एवं मानिसहरूलाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गर्दै होल्डमा राखेर कार्वाही गरेको छ ।

वुधवार बिहान ७ बजेदेखि साँझ ८ बजेसम्म लकडाउन उल्लघंन गर्ने मानिस र सवारीलाई नियन्त्रणमा लिएर साँझ ८ः३० बजे क्रमैसँग छाडिएको चितवन प्रहरीले जानकारी दिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार लकडाउन उल्लंघन गर्ने पाँच महिलासहित ११५ जनालाई नियन्त्रणमा लिइएको थियो।

लकडाउन उल्लंघन गर्ने सवारी साधनतर्फ ७४ मोटरसाइकल, ३० स्कुटर, ५ बोलेरो, एक अटो, ३ कार, ३ बस, ८ साइकल र माइक्रो र स्कार्पियो दुई÷दुई वटालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

Facebook Comments Box