चितवन १९ चैत्र । भरतपुर अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त भएका डाक्टर भोजराज अधिकारीले आज पदभारग्रहण गर्नुभएको छ ।

पदभारग्रहण गर्दै अधिकारीले भरतपुर अस्पताललाई कलेजको रुपमा विस्तार गर्नका लागि पहल गर्ने बताउनुभएको छ । उहाँले संघिय अस्पतालको मापदण्ड अनुसार सेवा सुविधाहरु नभएको भन्दै त्यसलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्ने प्रतिवद्धता समेत जनाउनुभयो ।

Facebook Comments Box