पुर्वी चितवनका चार नगरपालिका एकजुट, ८० लाखको कारोना जोखिम रोक्न कोष स्थापना

चितवन १५ चैत्र । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसको संभावित जोखिम न्यूनीकरणका लागि पूर्वी चितवनका चार वटा नगरपालिका एक भएका छन् ।

त्यसका लागि चार नगरपालिकाका प्रमुखहरु सम्मिलित एक समिति गठन गरिएको छ । रत्ननगर नगरपालिका प्रमुख नारायण वनको संयोजकत्वमा खैरहनी नगर प्रमुख लालमणी चौधरी, कालिका नगरपालिका प्रमुख खुमनारायण श्रेष्ठ र राप्ती नगरपालिका प्रमुख प्रभा बराल सदस्य तथा रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टुवराज पोखरेल सदस्य सचिव रहेका छन् ।

सो समितिले कोरोना भाईरसको सक्रमण नियन्त्रण ,राहत वितरण लगायत अन्य व्यवस्थापनको काम गर्ने समिति सदस्य एवंम् खैरहनी नगरपालिका प्रमुख लालमणी चौधरीले बताए । सोही समिति मार्फत राहत वितरण तथा स्वास्थ्य सामाग्री खरिदको काम एक रुपताका साथ हुनेछ ।

सवै क्षेत्रलाई समेट्दा समिति ठुलो हुने हुँदा यो विषम परिस्थितीमा सम्वन्धी नगर प्रमुखहरुले आफ्नो नगर भित्रको समन्वय गर्ने सहमती भएको खैरहनीका चौधरीले बताए । वैठकले संभावित प्रकोप व्यवस्थापनका लागि ८० लाख रुपैयाको कोष समेत खडा गरेको छ । प्रत्येक नगरपालिकाले कोषमा २० लाख रुपैया जम्मा गर्नेछन् ।

वैठकले स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको मनोवल उच्च राख्न आवश्यक सामाग्री खरिद गरि सहयोग गर्ने समेत निर्णय गरेको छ । प्रतिनिधी सभा सदस्य सुरेन्द्र पाण्डे, वागमती भुमी व्यवस्था,कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा,प्रदेश सभा सदस्यहरु कृष्ण प्रसाद खनाल र कंचन खनाललाई सो समितिको सल्लाहाकार राखिएको छ । बैठकमा जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्ण कुमार डल्लाकोटीले जिल्ला प्रसासन कार्यालयले पूर्वी चितवनलाई अवहेलना गरेको भन्दै असन्तुष्ठी जनाए ।

शुक्रवार जिल्लामा गठन गरिएको समिति तर्फ लक्षित गर्दै प्रमुख डल्लाकोटीले भने – ‘समिति गठन हुन्छ,जानकारी हुदैन्,जिल्ला प्रशासन भरतपुर महानगरपालिकाको मात्र देखियो,यसमा हाम्रो आपत्ति छ । वैठकमा प्रदेश सभा सदस्यहरु कृष्ण प्रसाद खनाल, कंचन खनाल, चार वटा नगरपालिका प्रमुख, नेकपा रत्ननगरका अध्यक्ष कुलप्रसाद लामिछाने, नेपाली काग्रेश रत्ननगर सभापति रुपनराज घिमिरे, चार वटा नगरका केही वडाध्यक्षहरुको सहभागीता रहेको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस

About chitwan online khabar

View all posts by chitwan online khabar →