चैत्र १४, काठमाडौं । नेपालमा थप एक जना कोरोना संक्रमित भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

संक्रमित व्यक्ति प्रादेशिक अस्पताल धनगढीमा उपचाररत रहेको जानकारी दिइएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ पुगेको छ ।

दुबईबाट आएका उनी चैत ११ गते अस्पताल भर्ना भएका थिए । विश्वभर कोरोना संक्रमणबाट २४ हजार बढीको मृत्यु भइसकेको छ । नेपालमा पनि चौथो ब्यक्ति संक्रमित भेटिएपछि जोखिम बढेको छ ।

Facebook Comments Box