चितवन ९ चैत्र । रत्ननगरवाट तास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ परेका छन । तास खेलिरहेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी निरीक्षक शेखरकुमार शाहाको कमाण्डमा खटिएको टोलीले तीन बुक तास र एक लाख चार हजार ६ सय रुपैयाँसहित तास खेलिरहेका पाँच जनालाई पक्राउ गरेको छ ।

रत्ननगर १३ स्थित श्रीभक्त घिमिरेको घरको खाली कोठामा तास खेलिरहेका रत्ननगर २ का ४२ वर्षीय रुपेश भट्ट, रत्ननगर १३ का ३७ वर्षीय तेजबहादुर खत्री, ४१ वर्षीय इन्द्रबहादुर भण्डारी, ४१ वर्षीय मोहन सुवेदी र २८ वर्षीय राजीव पाठकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ गरिएकाहरुलाई आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

Facebook Comments Box