महेन्द्रनगर ९ चैत्र । कञ्चनपुर सदरमुकाम महेन्द्रनगरसहित जिल्लाका बजार र बस्ती क्षेत्रका बासिन्दालाई घर बाहिर ननिस्कन प्रशासनले आग्रह गरेको छ ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै आइतबार राति १२ बजेपछि स्थानीयलाई बाहिर निस्किन नदिइने निर्णय गरेको छ ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले अर्को निर्णय नहुँदासम्मका लागि आइतबार मध्यरातिदेखि स्थानीयलाई बाहिर निस्किन नदिइने निर्णय भएको जानकारी दिनु भएको छ ।

Facebook Comments Box