काठमाडौ ८ चैत्र । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौँ उपत्यकाभित्र रहेका मन्त्रालय अन्तर्गतका विभाग र कार्यालयमा कार्यरत सहसचिव तथा विभागीय प्रमुखहरुलाई विदाका दिनमा काम गर्न निर्देशन दिएको छ ।

मन्त्रालयले हिजो सचिवस्तरीय निर्णय गर्दै विदाका दिन पनि कार्यालय आएर काम गर्न र उपत्यका नछोड्न निर्देशन दिएको हो । मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) नेपाल भित्रन नदिन व्यवस्थापन तथा परिचालनमा ध्यान दिनुपर्ने भन्दै यस्तो निर्णय गरिएको जनाएको छ ।

Facebook Comments Box