आजदेखि तय भएको एसईई परीक्षा स्थगित

काठमाडौं ६ चैत्र । सरकारले बिहीबार आज देखि हुन लागेको एसईई परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । कोरोना भाइरस ९कोभिड १९० रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले बुधवार साँझ वसके बैठकले एसईई परीक्षा हाललाई स्थगित गर्ने निर्णय छ ।

बैठकपछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारले एइईई परीक्षा रोक्ने निर्णय गरेको जानकारी दिनु भएको थियो । अर्को सुचना नभए सम्मका लागि परिक्षा रोकिएको जनाएको छ ।

आज देखि हुने तय भएको परीक्षामा ४ लाख ८२ हजार २ सय १९ परीक्षार्थी सहभागी हुने तयारीमा थिए । त्यसमध्ये नियमिततर्फ ४ लाख ५६ हजार ३ सय २९ र प्राविधिकतर्फ ९ हजार ५ सय ९ परीक्षार्थी सहभागी हुने तयारीमा थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस

About chitwan online khabar

View all posts by chitwan online khabar →