स्कुल तथा कलेज बन्द गर्ने सरकारको निर्णय

काठमाडौं ५ चैत्र । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोभिड–१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधवार बसेको बैठकले चैत्र ६ गतेदेखि सञ्चालन हुन गइरहेको एसईई परीक्षा व्यवस्थित रुपमा सञ्चालन गर्ने निर्णय गरेको छ ।

उच्चस्तरीय समन्वय समितिकोे बैठकले एसईई परीक्षा प्रत्येक केन्द्रहरुमा स्वास्थ्य जाँच सहितको हेल्प डेस्क स्थापना गरी सुरक्षित एवं व्यवस्थित रुपमा सम्पन्न गर्ने निर्णय गरेको हो ।

बैठकले बाल विकास केन्द्र, आधारभूत तथा माध्यामिक विद्यालयहरु र विश्वविद्यालयहरुका पठनपाठन २०७६ चैत्र मसान्तसम्मका लागि भने बन्द गर्ने निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस

About chitwan online khabar

View all posts by chitwan online khabar →