रत्ननगर ५ चैत्र । विश्वव्यापीरुपमा फैलँदै गएको कोरोना भाईरस कोभिड–१९ को विरुद्धमा नेपालमा पनि विभिन्न कार्यक्रमहरु सञ्चालन भैरहेको छ ।

यसै विच ईलाका प्रहरीकार्यालय टाँडीले पनि विभिन्न सचेतना मुलक कार्यक्रम सञ्चालन गरेको छ । आजवाट कार्यलयमा सेवा लिन आउदा र सेवा लिएर फर्कदा हात धुने अभियान सुरु गरेको छ ।

आज कार्यलय परिसरमा सेवा लिन आउने व्यक्तीवाट यो अभियमनको सुरु गरेको ईलाका प्रहरी कार्यालय टाँडीले जनाएको छ ।  साथै प्रहरीले कोरोना भाईरस विरुद्ध अरु सचेतनाको कार्यक्रम पनि सञ्चालन गर्ने जनाएको छ ।

 

Facebook Comments Box