रत्ननगर २ चैत्र । रत्ननगर नगरपालिकाले विश्व व्यापी रुपमा फैलिदै गएको कोरोना भाइरसका बारेमा सचेत हुन नगरवासीलाई आग्रह गरेको छ ।

मेयर नारायण वनले आइतवार एक विज्ञप्ती जारी गरी कोरोनाको संक्रमणबाट बच्च सामधानी अपनाउन अपील गरेका हुन । नेपालमा कोरोना भाइरस भित्र्निसकको उल्लेख गर्दै मेयर वनले रोग लाग्नु भन्दा अगावै सचेत हुनुपर्ने विज्ञप्तीमा उल्लेख गरेका छन ।

नगरपालिकाले नगर भित्रका सहकारी,गैर सहकारी निकाय,शैक्षिक संस्था,सामाजिक संघसंस्थाहरुलाई अर्को सुचना नभए सम्मका लागि ठुला सभा,सम्मेलन,मेला,महोत्सव,महायज्ञ,भेला,जमघट लगायत भीडभाड हुने खालका कार्यक्रम नगर्न निर्देशन दिएको छ ।

विज्ञप्तीमा कोरोनाको संक्रमणबाट बच्न आफ्नो स्वास्थ्य बारे सचेत रहन,नियमित रुपमा सरसफाईमा ध्यान दिन,धेरै भीडभाडमा नजान,रोग लागेको शंका भए तुरुन्त स्वास्थ्य संस्थामा जाँच गराउन नगरवासीलाई आग्रह गरेको छ ।

नगरपालिकाले नगर भित्रका बजारहरुमा उद्योग तथा व्यवसाय सञ्चालन गर्ने व्यवसायीहरुलाई अत्यावश्यक सामाग्रीको कृतिम अभाव नगराउन आग्रह समेत गरेको छ ।

अत्यावश्यक सामाग्रीको कृतिम अभाव गराएको जानकारीमा आए सम्बन्धित व्यवसायीलाई कानुन बमोजिम कारबाही गर्ने विज्ञप्तीमा जनाएको छ ।

Facebook Comments Box