मिर्मी बहुमुखी क्याम्पसमा नेविसंघको ईकाइ अध्यक्षमा कुवर

स्याङ्जा । कालीगण्डकी गाउ पालिका स्याङ्जा मिर्मी को मिर्मी बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघ ९नेविसंघ०को ईकाइ कार्यसमिति गठन भएको छ ।

आइतबार सपना कुँवरको अध्यक्षमा नयाँ कार्यसमिति गठन भएको हो । जस्को कार्य समितिको उपसभापतिमा अनीषा बस्याल रहेकी छिन् ।

सचिवमा मनीषा पाण्डेय, सह–सचिवमा सीता न्यौपाने, कोषाध्यक्षमा अञ्जु थापा तथा सह–कोषाध्यक्षमा शिवानी थापा चयन भएकी छिन् । सदस्यमा आशिका थापा चयन भएकी छिन् ।

मिर्मी क्याम्पसमा नेविसंघका नेताद्वय रेश्मीराज न्यौपाने र प्रदीप पाण्डेयले नेविसंघको ईकाइ कार्यसमिति गठन गरेका हुन् ।

कार्यक्रममा सहभागी विद्यार्थी नेताहरूले मुलुकमा कम्युनिस्टहरूको दब्दबा बढिरहेका बेला नेविसंघमा विद्यार्थीलाई गोलबन्द गर्नुपर्ने बताएका थिए ।

उनीहरूले विद्यार्थीको हकहितका लागि नेविसंघले मात्रै काम गर्न सक्ने भन्दै एक भएर अगाडि बढ्न अपील गरेका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस

About chitwan online khabar

View all posts by chitwan online khabar →