काठमाडौ २ चैत्र । पूर्वमिस नेपाल तथा मोडल उषा खड्गीले १७ वर्ष लामो वैवाहिक जीवन तोड्ने निर्णय गरेकी छन् । शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफू निरन्तर शारीरिक तथा मानसिक हिंसामा परेकाले अब बैवाहिक सम्बन्ध तोड्ने निर्णयमा पुगेको जानकारी दिएकी हुन् ।

‘विवाह गरेको १७ वर्षपछि पनि शारिरिक र मानसिक दुर्व्यवहार भोग्नुपर्छ भने त्यसलाई निरन्तरता दिनुको कुनै आधार छैन, त्यसैले यस्तो निर्णय भएको हो ,’उनले वताईन ।

Facebook Comments Box