काठमाडौ २ चैत्र । सार्क राष्ट्रले कोरोना भाइरसविरुद्ध साझा रणनीति बनाउने भएका छन् । त्यसका लागि सार्क राष्ट्रका नेताहरूले ‘भिडियो कन्फरेन्स’ अर्थात भिडियो सम्वाद गर्न लागेका छन् ।

उनीहरूले भिडियो सम्वाद मार्फ सहकार्य अघि बढाउन लागेका हुन् । पाँच वर्षदेखि सार्क अवरुद्ध छ । भिडियो सम्वाद आज साँझ ५ बजे हुनेछ । प्रधानमन्त्री केपी शर्मा ओली पनि यस संवादमा सहभागी हुनु हुनेछ ।

प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले चिकित्सकको सल्लाहमा प्रधानमन्त्री ओली सिंहदरबार पुगेर भिडियो कन्फरेन्समा सहभागी हुन लाग्नुभएको जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणपछि शिक्षण अस्पताल महाराजगन्जमा स्वास्थ्य लाभ गरेर शुक्रबार डिस्चार्ज हुनु भएको थियो । २०७१ सालमा १८ औं शिखर सम्मेलनपछि शिखर सम्मेलन हुन सकेको छैन । आज हुन लागेको भिडियो कन्फरेन्सलाई सार्क ब्यूँताउने रणनीतिका रूपमा पनि लिइएको छ ।

Facebook Comments Box