काठमाडौं १ चैत्र । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोना भाइरसको प्रकोप बढ्दै र्ग पछि राष्ट्रिय आपतकाल घोषणा गर्नु भएको छ ।
प्रकोप नियन्त्रणमा सहयोग र्पुयाउन राष्ट्रिय आपतकाल घोषणा गरेको ट्रम्पले वताए ।

राष्ट्रिय आपतकाल निकै ठूला शब्द भएको भन्दै संघीय सरकारले आपतकालीन राहत कोषमा ५० विलियन डलरसम्म सहयोग गर्न सक्ने ट्रम्पले बताए ।

ह्वाइट हाउसबाट आपतकालीन अबस्थाको घोषणा गर्दै ट्रम्पले आगामी आठ हप्ता महत्वपूर्ण रहेको बताए । ट्रम्प प्रशासन बृहत कोरोना भाइरस परीक्षण गर्न असफल भएको भन्दै आलोचना हुंदै थियो ।

Facebook Comments Box