कोरोना भाइरस सम्वन्धि यात्रा ग्रुपको सचेतना कार्यक्रम

चितवन १ चैत्र । विश्व भरि माहामारी रुप लिएको कोरोना भाइरस सम्वन्धि सचेतना कार्यक्रम नेपालमा पनि सञ्चालन गरिएको छ । विश्व स्वास्थ्य संगठनले नेपाल पनि कोरोनाको उच्च जोखिम रहेको वताए पछि नेपालमा पनि विभिन्न संघ संस्थाको आयोजनामा सचेतना कार्यक्रम सञ्चालन गरिएको छ ।

नेपालको तेस्रो पर्यटकिय क्षेत्र सौराहा चितवनमा रहेकोले पनि चितवनमा विशेष रुपमा हेरिएको छ । कोरोना संक्रमणको उपचारको लागि भरतपुर अस्पतालमा १९ वेडको आईसोलेसन वाड निमार्ण गरिएको छ ।
भने विभिन्न संघसंस्थाले सचेतना कार्यक्रम दैनिक जसो आयोजना गरेका छन् । आज चितवनको सामाजिक कार्यमा सक्रिय संस्था यात्रा ग्रुपले पनि कोरोनाको वारेमा सचेतना कार्यक्रम गरेको छ ।

वरिष्ठ फिजिसियन डा. भोजराज अधिकारीको उपस्थिती यात्रा ग्रुपले आफ्नो आधिकारीक फेसवुक पेजवाट लाईभमा कोरोनाको वारेमा सचेतना कार्यक्रम गरेको र यस कार्यलाई निरन्तरता दिने ग्रुपका अध्यक्ष कृष्ण कार्कीले वताए ।

तपाईको प्रतिक्रिया दिनुहोस

About चितवन अनलाईन

View all posts by चितवन अनलाईन →