परिक्षा मर्यादित वनाउन अनुगमनमा कडाई

चितवन ३० फागुन । नगर भित्र संचालित परिक्षा प्रभावकारी वनाउन खैरहनी नगरपालिकाले अनुगमनलाई कडाई गरेको छ । खैरहनीमा फागुन २८ गतेदेखी कक्षा ९ सम्मको परिक्षा संचालन भईरहेको छ ।

कोरोना भाईरसको जोखिमलाई मध्यनजर गर्दै संघीय सरकारको निर्देशन अनुसार खैरहनी नगरपालिकाले चैत ५ गते भित्र परिक्षा सम्पन्न गर्ने गरि तालिका वनाएर कार्यान्वयन गरेको हो ।

नगर शिक्षा समिति संयोजक समेत रहेका खैरहनीका मेयर लालमणी चौधरीको नेतृत्वमा विभिन्न ६ वटा समुह वनाएर प्रत्येक दिन अनुगमन भईरहेको खैरहनीका स्थानीय शिक्षा अधिकारी महेन्द्र प्रसाद पौड्यालले वताए ।

शुक्रवार सम्म कुनै अवाञ्छित क्रियाकलाप भएको नपाईएको भन्दै स्थानीय शिक्षा अधिकारी पौड्यालले त्यस्ता क्रियाकलाप भएको भेटिएमा कारवाही गरिने वताए । खैरहनीमा १४ वटा सामुदायिक विद्यालय र १० वटा संस्थागत विद्यालयमा कक्षा ८ को परिक्षा अर्थात आधारभूत तह उर्तिण परिक्षा समेत संचालन भईरहेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस

About chitwan online khabar

View all posts by chitwan online khabar →