काठमाडौँ, २९ फागुन । चैत तेस्रो सातादेखि हुने भनिएको तेस्रो संस्करणको माउन्ट एभरेष्ट इन्टरनेशलन च्याम्पियनशिप स्थगित भएको छ । कोरोना भाइरसका कारण उक्त प्रतियोगिता स्थगित गरिएको नेपाल तेक्वान्दो सङ्घले आज विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ ।

यही चैत १९ देखि २३ गतेसम्म हुने सो प्रतियोगिता अर्काे सूचना जारी नहुँदासम्मका लागि स्थगित गरिएको जनाएको छ । अनुकूल अवस्था हेरेर प्रतियोगिताको नयाँ मिति सार्वजनिक गरिने विज्ञप्तिमा उल्लेख छ ।

Facebook Comments Box