काठमाडौं २९ फागुन । नेपाल प्रहरीका पूर्वडीआईजी रमेशप्रसाद खरेलले ‘हाम्रो नेपाल सुशासन अभियान’को घोषणा गर्नु भएको छ ।

पूर्वडीआईजी खरेलले आज एक कार्यक्रमको आयोजना गर्दै भ्रष्टाचारविरोधी ‘हाम्रो नेपाल सुशासन अभियान’ नामक अभियानको औपचारिकरुपमा शुभारम्भ गरेका छन ।

खरेलले देशमा भ्रष्टाचारजन्य विकृति र विसंगति निरन्तर बढिरहेकाले आफूहरुले वाध्य भएर अभियान सञ्चालन गर्नुपरेको बताए ।

काण्डै काण्ड भएको देशमा अवकाशप्राप्त भएपनि हामी चुप लागेर बसिरहन सकेनौं । अब त अति भयो, हामी आयौँ ,’उनले वताए ।

Facebook Comments Box