चितवन २८ फागुन । पण्डित बनेर पुजा गर्दै हिँड्ने र रातिमा चोरी गर्ने गिरोहको नायिकेसहित ६ जनालाई चितवन प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ ।

भरतपुर महानगरपालिका वडा नं २ बेलटाडी स्थित मञ्जु खाँणको घरबाट चोरी गरिएको सुनका गहना सहित भारत मोतीहारीका १८ वर्षीय नेहाल तिवारी भारतकै पुर्वी चम्पारणका १९ वर्षीय राजन कुमार उपाध्याय, भारत अरेराजका २० वर्षीय बिक्की भनिने सोनुकुमार पाण्डे, भारत मोतीहारीका १९ वर्षीय विपुल भन्ने रितिक रोशन, भारत मोतीहारीकै २० वर्षीय बिक्की कुमार गुप्ता र पर्साको वीरगञ्जमा पलक ज्वैलर्स सञ्चालन गर्ने २५ वर्षीय राजकुमार गुप्तालाई पक्राउ गरी प्रहरीले आज सार्वजनिक गरेको हो ।

उनीहरुको साथबाट सुनको आँैठी, नथिया बिन्दिया जिउटिया तीन वटा, मंगलसुत्र एउटा, सानो नथुनी आठ वटा र फुली एउटा समेत गरी २२।४५० ग्राम सुनको गरगहनाहरु र ४८७ ग्राम चाँदीको पाउजु र दुई वटा मोबाईल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नान्तिराज गुरुङले बताए । पक्राउ परेका व्यक्तिहरुलाई डाका चोरी मुद्दा दर्ता गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको गुरुङले बताए ।

त्यस्तै, चितवन प्रहरीले आज पत्रकार सम्मेलन गर्दै विभिन्न समयमा चोरी भएका करिब चार लाख २९ हजार रुपैयाँ बराबरका २३ थान मोबाइल समेत मोबाइल धनीलाई फिर्ता गरेको छ ।

 

समाचार सौराहा अनलाईन वाट

Facebook Comments Box