रत्ननगर २७ फागुन । सरकारले सांसद विकास कोषको बजेट बर्सेनी बढाउँदै आएको छ । निर्वाचन क्षेत्र विकासका नाममा ठूलो धनराशी खर्च हुने गरेको भए पनि उपलब्धी भने न्यून देखिने गरेको छ ।

निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्र्तगत सडक ,ढल र खानेपानि जस्ता आयोजनामा वढी लगानि गरेको पाईन्छ । यस्तै रत्नननगर ९ मा पनि निर्वाचन क्षेत्र विकास अन्तर्गत सडक निमार्णको लागि प्राप्त ५० लाखबाट सडक निमार्ण सुरु भएको स्थानिय समाजसेवि एवं नेपाल कम्युनिट पार्टि (नेकपा)रत्ननगर ९ का अध्यक्ष मेघनाथ पौडेलले वताए ।

५० लाख लागतमा जस्पाल मन्दिर रहेको क्षेत्रको करिव ६ सय मिटर सडक निमार्ण सुरु भएको छ । स्थानिय को अग्रसरतामा सांसद कृष्ण प्रसाद खनाल र कन्चन खनालको सहयोग प्राप्त रकमबाट सडक निमार्ण सुरु भएको हो ।

यस्र विच आज स्थानिय उपभोक्ताहरुले सडक निमार्णको लागि श्रमदान समेत गरेका छन । सडक निमार्ण सुरु भए सगै आज संसद कन्चन खनालले स्थलगत अवलोकन समेत गर्नु भएको छ ।

Facebook Comments Box