चितवन २७ फागुन । पूर्वी चितवनको रतननगर नगरपालिका नेपाली काग्रेस पूर्व नगर सभापति समरकुमार मल्लको निधन भएको छ । काठमाडौको विर अस्पतालमा उपचारको क्रममा समाजसेवी तथा राजनीतिमा सक्रिय मल्लको ५६ वर्षको उमेरमा गएराती एक बजे निधन भएको हो । भने उनी विगत ३ महिनादेखी कलेजोको समस्याले ग्रस्त थिए ।

मल्लको मंगलवार नै देवघाटमा नेपाली परम्परा अनुसार अन्त्यष्टी गरिएको छ । उनको पार्थिव शरिरमा नेपाली काग्रेसका जिल्ला सभापति जीतनारायण श्रेष्ठ, पूर्व सभापति टेक प्रसाद गुरुङ, रामकृष्ण घिमिरे , शेषनाथ अधिकारी कृष्णलाल सापकोटा, टिकाराम न्यौपानेले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिएका थिए । साथै नेपाल कम्यूनिष्ट पार्टीका बाग्मती प्रदेशका सह ईन्चार्ज काशीनाथ अधिकारी र चितवनका ईन्चार्ज कृष्ण खनालले देवघाट पुगेर अन्तिम श्रद्धाञ्जली दिएका थिए ।

मल्ल रत्ननगरका समाजसेवी तथा रत्ननगर खानेपानी संस्थाका पूर्व सल्लाहकार, रेडक्रस रत्ननगर उपशाखाका पूर्व कोषाध्यक्ष , टिकौली सामुदायीक वनको पूर्व उपाध्यक्ष सहित विभिन्न सामाजिक संघसस्थामा रहेर काम गरेका थिए ।

Facebook Comments Box