काठमाडौ २६ फागुन । युरोपियन मुलुक इटलीमा नोवेल कोरोना भाइरस ( कोभिड–१९) का कारण एकै दिन १ सय ३३ जनाको मृत्यु भएको छ । यो सँगै इटलीमा कोरोना भाइरससका कारण मृत्यु हुनेको संख्या ३ सय ६६ पुगेको इटलीको नागरिक सुरक्षा केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार इटलीमा कोभिड–१९ कारण संक्रमित हुनेको संख्या ७ हजार ३ सय ७५ पुगेको छ । हिजोसम्म संक्रमितको सङ्ख्या बढ्दै गएपछि इटली सरकारले एक करोड ६० लाख नागरिकलाई क्वारेन्टाइनमा बस्न निर्देशन जारी गरेको छ ।

इटली सरकारले अप्रिल ३ सम्म बाहिर आवतजावतमा रोक लगाएपनि कोभिड–१९ कारण संक्रमित हुनेको सङ्ख्या बढेको बढै हुँदा सबैलाई सतर्क रहन आग्रह गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

Facebook Comments Box