काठमाडौ १९ फागुन । चीनका लागि नेपाली राजदूत लीलामणि पौडेललाई सरकारले फिर्ता बोलाउने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई फिर्ता बोलाउने निर्णय गरेको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ ।
ललिता निवास प्रकरणमा राजदूत पौडेलको नाम जोडिएपछि उनलाई फिर्ता बोलाउने निर्णय गरिएको हो ।
त्यसैगरी बैठकले एकनारायण अर्याललाई सचिवमा बढुवा गर्दै काठमाडौं महानगरपालिकामा पदस्थापन गरेको छ भने महानगरीय कार्यकारी अधिकृत केदार न्यौपानेलाई भूमि सुधार मन्त्रालयमा सरुवा गरिएको छ ।

भूमि सुधारका सूर्य गौतमलाई संघीय मामिला र त्यहाँका सचिव यादव कोइरालालाई स्वास्थ्य मन्त्रालय सरुवा गरिएको छ । स्वास्थ्य मन्त्रालयका सचिव खगराज बराललाई भने उपराष्ट्रपतिको कार्यालयमा सरुवा गरिएको छ ।
यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

Facebook Comments Box