रत्ननगर १५ फागुन । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत विहीवार रत्ननगरमा सवारी दुर्घटना न्यूनीकरण,ट्राफिक नियम,लागु औषध नियन्त्रण,साइवर अपराध सम्बन्धी चेतना मुलक कार्यक्रम गरिएको छ ।

रत्ननगर २ मा रहेको अन्नपूर्ण शिशु निकेतनले आयोजना गरेको सो कार्यक्रममा सवारी दुर्घटनाले पार्ने असर, ट्राफिक नियम,लागु औषधको प्रयोगले घर समाजमा पारेको नकरात्कम असर र बढदो साइवर अपराध र नियन्त्रणका प्रयासहरुका बारेमा प्रशिक्षण दिइएको शिक्षक नायक लीला दाहालले जानकारी दिइन ।

कार्यक्रममा नेपाल प्रहरीका एसएसपी किशोर कुमार दाहालले प्रशिक्षण दिएका थिए । विद्यालयमा प्राचार्य गोविन्द प्रसाद पौडेल प्रमुख अतिथि रहेको सो कार्यक्रममा डिएसपी रविन कार्की,प्रहरी निरीक्षक रोशन थापा,वडा सदस्य अपिल अधिकारी,नेपाल रेडक्रस सोसाईटी उपशाखा रत्ननगरका सभापति गोविन्द श्रेष्ठ,न्यू क्यापिल कलेजका निर्देशक डिल्ली अधिकारी,सहप्राचार्य ठाकुर पनेरु लगायतले मन्तव्य राखेका थिए ।

युवा रेडक्रस सर्कल अन्नपूर्णका अध्यक्ष दिप्सना अधिकारीले समग्र कार्यक्रमको प्रतिवेदन प्रस्तुत गरेकी थिइन । लीला दाहालले सञ्चालन गरेको कार्यक्रम उपाध्यक्ष सदिक्षा सेढाईले स्वागत मन्तव्य राखेकी थिइन ।

Facebook Comments Box