चितवन १३ फागुन । नेकपा कालिका नगर कमिटीको आयोजनामा सोमबार कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रम कालिका वडा नं। ६ खोलेसिमल बजार सम्पन्न भएको छ । नगर कमिटी अध्यक्ष सविता लामाको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि नेकपाका सचिवालय सदस्य तथा नेपाल सरकारका गृहमन्त्री राम बहादुर थापा ‘बादल’ रहनु भएको थियो ।

नगर इन्चार्ज जयचन्द्र प्रसाद चौधरीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी १ सय ५० जना भन्दा बढी नेकपामा प्रवेश गरेको नगर कमिटी सचिव भिष्म प्रसाद खनालले जानकारी दिनु भएको छ।

Facebook Comments Box